You are viewing the translated version of स्वास्थ्यमा सूचना तथा सञ्चार प्रविधि.

Section 10
स्वास्थ्यमा सूचना तथा सञ्चार प्रविधि
१२.१०.१ टेलिमेडिसिनको प्रभावकारितालाई अझै अभिवृद्धि गर्न तथा उक्त प्रविधिमा आधारित स्वास्थ्य सेवा प्रवाहको पहुँच देशव्यापी रुपमा विस्तार गर्न टेलिमेडिसिन सम्बन्धी रणनैतिक प्रारुप सन २०१६ भित्रमा बनाई लागू गरिनेछ ।

१२.१०.२ सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा सूचना तथा सञ्चार प्रविधिको पहुँच तथा उपलब्धता सुनिश्चित गरिनेछ ।

१२.१०.३ स्वास्थ्य सेवामा कार्यरत जनशक्तिको सूचना तथा सञ्चार प्रविधि प्रयोगमा दक्षता अभिवृद्धि गर्न विशेष कार्यक्रम तर्जुमा गरिनेछ । यस सन्दर्भमा स्वास्थ्य सम्बन्धी तालिम तथा जनशक्ति विकास गर्ने संस्थाहरुको क्षमता अभिवृद्धि गर्दै लगिनेछ ।

१२.१०.४ सबै प्रकारका सर्ने वा नसर्ने रोग तथा महामारी सम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा व्यवस्थापन गर्न सूचना तथा सञ्चार प्रविधिमा आधारित पद्धति विकास गरिनेछ ।

१२.१०.५ स्वास्थ्य संस्थाहरुमा आउने विरामीहरु सम्बन्धी विद्युतीय सूचनालाई सुरक्षित एवं गोपनीय राखन आवश्यक व्यवस्था गरीने छ ।

१२.१०.६ राष्ट्रिय स्वास्थ्य वीमा कार्यक्रममा सूचना सञ्चारको आधुनिक प्रविधि प्रयोग गरीने छ।